बैतडी- बैतडीमा थप २ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको हो ।
झुलाघाट नाकामा गरिएको परीक्षणमा बझाङ्गको बित्थडचिर गाउँपालिकाका एक जना पुरुष र जिल्ला अस्पताल बैतडीमा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका वडा नं १० का एक जना महिलामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
यस्तै १ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बैतडीमा अहिले कोरोनाका ५६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ३५ जना, पाटन नगरपालिकामा १२ जना, पुरर्चौडी नगरपालिकामा २ जना र दोगडाकेदार गाउँपालिकामा १ जना रहेका छन् ।
यस्तै बैतडीमा जिल्ला बाहिरका ६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।सक्रिय सक्रमित सबै जना होम आइसोलेसनमा रहेका बताइएको छ ।




