Sagun Khabar
एमाले महासचिव पोखरेल बैतडी आउने 

बैतडी –नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल बैतडी आउने भएका छन् । यही भदौ  १५ गते नेकपा एमाले जिल्ला कमिटि बैतडीले आयोजना गर्ने  प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल बैतडी आउने भएका हुन् । 

महासचिव पोखरेल प्रशिक्षणका लागि बैतडी आउन लागेका बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव सन्तोष रानाले जानकारी  दिए । प्रशिक्षण कार्यक्रम पाटनमा हुने उनले बताए । 
प्रशिक्षणमा एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहनेछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर राखेर प्रशिक्षण दिइने एमाले बैतडीले जनाएको छ । 

महासचिव सहभागी हुने प्रशिक्षण कार्यक्रमको तयारी भइरहेको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update