Sagun Khabar
सुदूरपश्चिमका ३२ प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो प्रतिनिधि, कुन क्षेत्रमा को ? 

बैतडी – आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका प्रदेश सभापति बीरबहादुर बलायरले बताए । बैतडीको प्रदेश (क) मा नेपाली कांग्रेस प्रदेश समितिका सदस्य निर्मला बोगटी बिष्ट र प्रदेश (ख) मा अर्का सदस्य धर्मानन्द भट्टलाई खटाइएको छ ।  

कुन निर्वाचन क्षेत्रमा को खटिए ? 
१. लोकराज अवस्थी : उप–सभापति, कैलाली क्षेत्र नं. ५ (ख)
२. जनकराज चौधरी :उप–सभापति, अछाम क्षेत्र नं. १ (क)
३. मेघराज खड्का : महामन्त्री, कञ्चनपुर क्षेत्र नं. २ (क)
४. गोपाल दत्त भट्ट : सह–महामन्त्री, कैलाली क्षेत्र नं. ४ (क)
५–चिन्तामणी भट्ट : सह–महामन्त्री, बझाङ्ग क्षेत्र नं. १ (क)
६. उत्तम कठायत :कोषाध्यक्ष, कञ्चनपुर क्षेत्र नं. १ (क)
७. अनुराधा स्वाँर :सदस्य, कैलाली क्षेत्र नं. १ (क)
८. ज्ञानेन्द्र बहादुर सिंह : सदस्य, कैलाली क्षेत्र नं. १ (ख)
९. तुलाराम साउँद : सदस्य, कैलाली क्षेत्र नं. २ (क)
१०.गौरी सिंह बोहरा :सदस्य, कैलाली क्षेत्र नं. २ (ख)
११. राम बहादुर देउवा : सदस्य, कैलाली क्षेत्र नं. ३ (क)
१२. सुरत बहादुर रावत (डोेटेली कान्छा) : सदस्य, कैलाली क्षेत्र नं. ३ (ख)
१३. भक्त बहादुर ठकुल्ला : सदस्य, कैलाली क्षेत्र नं. ४ (ख)
१४. कान्ता चन्द :सदस्य, कैलाली क्षेत्र नं. ५ (क)
१५. पदम बहादुर शाही : सदस्य, कञ्चनपुर क्षेत्र नं. १ (ख)
१६. मदन गिरी : सदस्य, कञ्चनपुर क्षेत्र नं. २ (ख)
१७. दाउत तामाङ : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (क)
१८. करवीर सिंह कार्की : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (ख)
१९. दिवाकर पाण्डेय :सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (क)
२०. रुपा आउजी : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (ख)
२१. निर्मला बोगटी विष्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (क)
२२. धर्मानन्द भट्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (ख)
२३. तेज बहादुर चन्द : सदस्य, दार्चुला क्षेत्र नं. १ (क)
२४. तिलक राज जोशी : सदस्य, दार्चुला क्षेत्र नं. १ (ख)
२५. धनराज पण्डित : सदस्य, बझाङ्ग क्षेत्र नं. १ (ख)
२६. टेकराज जोशी (डि.के.) : सदस्य, डोटी क्षेत्र नं. १ (क)
२७. राज समझ चौधरी : सदस्य, डोटी क्षेत्र नं. १ (ख)
२८. रन सिंह बहादुर ऐडी : सदस्य, अछाम क्षेत्र नं. १ (ख)
२९. राजेश टमट्टा : सदस्य, अछाम क्षेत्र नं. २ (क)
३०. केशरी विष्ट : सदस्य, अछाम क्षेत्र नं. २ (ख)
३१. गणेश बहादुर विष्ट : सदस्य, बाजुरा क्षेत्र नं. १ (क)
३२. राजेन्द्र बहादुर खड्का : बाजुरा क्षेत्र नं. १ (ख)
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update