Sagun Khabar
बैतडीमा हावाहुरीले विद्यालयको छानो उडाएको ३ महिना बित्दा समेत मर्मत भएन् 

बैतडी –हावाहुरीले बैतडीको एक विद्यालयको छानो उडाएको तीन महिना बढी भइसक्दा समेत मर्मत भएको छैन् । गएको वैशाख २१ गते साँझ आएको हावाहुरीले पुर्चौंडी नगरपालिका वडा नं ७ ऐरीगाउँस्थित लटिनाथ आधारभूत विद्यालयको दुई कोठे भवनको छानो उडाएको थियो । 

विद्यालयको छानो उडाएको तीन महिना बढी भइसक्दा समेत मर्मतका लागि कसैले चासो नदिएको स्थानीय पुरनसिंह ऐरले बताए । विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको उनले बताए । 

सार्वजनिक सम्पत्ति क्षति हुँदा समेत सरोकारवाला निकायहरुको ध्यान जान नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update