बैतडी –नेकपा एकीकृत समाजवादीका नेता बिक्रम शाहीले पार्टी परित्याग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘ २०५४ सालमा बामदेवले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ”भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले काँग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो । त्यसबाफत पछुतो र आत्मग्लानी भएको छ । विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था रहेको थिए भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु ।’
नेकपा एमालेबाट एसमा गएका शाहीलाई प्रदेश कमिटिको अध्यक्ष समेत बनाइएको थियो । तर पछिल्लो समयमा उनी निष्क्रिय भएका थिए ।




