बैतडीमा छात्रामाथि बलात्कार गरेको अरोपमा शिक्षक पक्राउ
बैतडी –बैतडीमा शिक्षकले एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको मेलौली नगरपालिकास्थित वडानम्बर ३ को लेकमा बिहीबार बिहान शिक्षकले छात्रामाथि बलात्कार गरेको आरोप लागेको हो ।
मेलौलीको प्रितिपुर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक किशोर जोशीले छात्रामाथि बलात्कार गरेको मौखिक जानकारी आएको र सोही जानकारीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
घटनाका बिषयमा अनुसन्धान भइरहेको र थप विवरण खुल्न बाँकी रहेको प्रहरी प्रवक्ता जोशीले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १८:५०
प्रतिक्रिया दिनुहोस्




