बैतडीमा जबरजस्तीकरणी आरोपमा एक स्वास्थ्यकर्मी पनि पक्राउ
बैतडी –बैतडीमा जबरजस्तीकरणी उद्योगमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं ३ स्थित स्वास्थ्यचौकीमा कार्यरत २७ बर्षीय खगेन्द्रसिंह धामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
एक महिला कर्मचारीमाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा उनलाई पक्राउ गरिएको जोशीले बताए । जबरजस्तीकरणी उद्योग गरेको भन्दै जाहेरी दर्ता भएपनि उनीमाथि जबरजस्तीकरणी उद्योग मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।
धामीलाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी प्रवक्ता जोशीले बताए । उनलाई गएको सोमबार पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ २१:०७
प्रतिक्रिया दिनुहोस्




