बैतडी-माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धिका परीक्षा भोली देखि हुँदै छन् । बैतडीबाट एसइइ ग्रेडवृद्धि परीक्षामा २७ सय २० विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।
भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि बैतडीमा सबै तयारी पुराभएको बताइएको छ । पाँच ओटा केन्द्र तोकिएका छन् । भोली पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी शर्माले बताए । परीक्षा बिहान ८ बजे देखी सञ्चालन हुने बताइएको छ ।
जिल्लाको कृष्ण मावि पाटन, बिरेन्द्र मावि साहिलेक, मणिलेक मावि काँडा , दशरथचन्द मावि सुन्दररखाली र निङ्गलाशैनी मावि देहमिाण्डौँ एसईईको ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकिएका हुन् । पाटन नगरपालिका र सुर्नयाका विद्यार्थीहरुले केन्द्र नं एक कृष्ण मावि पाटनमा परीक्षा दिन पाउने छन् ।
दशरथचन्द नगरपालिका,डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यार्थीहरुका लागि सदरमुकामा रहेको विरेन्द्र माबि साहीलेक परीक्षा केन्द्र तोकिएको छ । यस्तै केन्द्र नं ३ मणिलेक मावि काँडा मेलौली र शिवनाथ गाउँपालिकाका विद्यार्थीहरुका लागि तोकिएको छ ।
पुर्चौडी र सिगास गाउँपालिकाका विद्यार्थीहरुको लागि केन्द्र नं ४ दशरथचन्द मावि सुन्दरखाली तोकिएको छ । यस्तै निङ्गलाशैनी मावि देहीमाण्डौं दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाका विद्यार्थीहरुका लागि केन्द्र निर्धारण गरिएको छ ।




