Sagun Khabar
बलात्कारको आरोप लागेका शिक्षकमाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता 

बैतडी –आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बैतडीका एक जना शिक्षकमाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान शुरु भएको छ । बिहीबार आफ्नै छात्रामाथि बलात्कार गरेको आरोपमा मेलौलीको प्रितिपुर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक किशोर जोशी पक्राउ परेका थिए । 

पक्राउ परेका जोशीमाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएको र जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘पक्राउ परेका जोशीमाथि शुक्रबार अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरेका छौं ।’

यस्तै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका सिगास गाउँपालिका वडा नं ३ को स्वास्थ्यचौकीमा कार्यरत अहेव खगेन्द्रसिंह धामीमाथि पनि अनुसन्धान जारी रहेको उनले बताए । अदालतबाट म्याद थपेर उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए । 

बैतडीमा पछिल्लो समयमा बलात्कार जस्ता जघन्य अपराधका घटना बढ्दै गएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update