Sagun Khabar
बैतडीमा बुवाको हत्या गर्ने छोरा कारागार चलान

बैतडी –बैतडीमा बुवाको हत्या गर्ने छोरा कारागार चलान भएका छन् । जिल्लाकोे डिलाशैनी गाउँपालिका ५ सेराका २२ वर्षीय लोकराज जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 

लोकराजले आफ्ना ६८ बर्षीय बुवा अन्तराम जोशीलाई गएको साउन १३ गते बञ्चरो प्रहार गरेर हत्या गरेका थिए । उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । घटनाको अनुसन्धान सकेर जोशीलाई अदालतमा पेश गरेपछि उनलाई कारगार पठाइएको हो । 
 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update