Sagun Khabar
बुवाको मुख हेर्ने दिनमा जेष्ठ अभिभावक सम्मानित 

बैतडी –बैतडीको एक विद्यालयले कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर जेष्ठ अभिभावकहरुलाई सम्मान गरेको छ । पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले अभिभावकहरुलाई सम्मान गरेको हो । 

६८ बर्षमाथिका १२ जना जेष्ठ अभिभावकहरुलाई विद्यालयमै एक कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए । हरेक बर्ष विद्यालयले कुशे औंसीका दिन जेष्ठ अभिभावकहरुलाई सम्मान गर्दै आएको उनले बताए । 

अभिभावकहरुलाई खादा, माला र फलफूल सहित सम्मान गरिएको हो । जेष्ठ नागरिकप्रतिको सम्मानमा बालबालिकाहरुले समेत ध्यान दिनुपर्छ भन्ने कुराको ज्ञान दिलाउनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको भाटले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update