Sagun Khabar
बैतडीमा राष्ट्रिय युवा संघको पालिकास्तरीय प्रशिक्षण शुरु 

बैतडी –नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले बैतडीमा पालिकास्तरीय प्रशिक्षण शुरु गरेको छ  । केही दिन पहिला नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको युवा संघले पालिकास्तरीय प्रशिक्षण कार्यक्रम शुरु गरेको राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले बताए । 

युवा संघका बिषयमा जानकारी दिने, आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर प्रशिक्षण शुरु गरिएको भण्डारीले बताए । पाटन नगरपालिकाबाट पालिकास्तरीय प्रशिक्षण शुरु गरिएको हो । 

पाटनमा आज पालिकास्तरीय प्रशिक्षण सम्पन्न गरिएको छ । राष्ट्रिय युवा संघ बैतडीका अध्यक्ष महेन्द्र चन्दको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज बिष्ना चन्द प्रमुख अतिथी रहेकी थिइन् । कार्यक्रममा एमालेका प्रदेश कमिटि सदस्य धर्मानन्द भट्ट बिशिष्ट अतिथी रहेका थिए । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघमा आवद्ध पाटन नगरपालिकाभित्रका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

आइतबार पुर्चौंडी नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने अध्यक्ष चन्दले बताए । जिल्लाका १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय युवा संघले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update