बैतडीमा एक युवक मृत फेला
बैतडी –बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका ६ सउगाउँमा ३७ बर्षीय जयबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
भाद्र १० गते बेलुका घरबाट बजार जान्छु भनि हिँडेका बोहरा शनिबार बाटोमा मृत फेला परेका प्रहरीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ ०८:४९
प्रतिक्रिया दिनुहोस्




