Sagun Khabar
बैतडीको सुर्नयामा गरिएको तालाबन्दी खुल्यो 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दी खुलेको छ । शुक्रबार सूचनाको माग गर्दै गरिएको तालाबन्दी आज (आइतबार) खुलेको सूचना मागकर्ता भवनबहादुर चन्दले बताए । 

गाउँपालिकाले सेनेटरी प्याड खरीदको सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोलेको चन्दले बताए । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको रहोबरमा भएको छलफलमा सूचना मागकर्ताहरुलाई उनीहरुले मागे अनुसारको सूचना दिने सहमति भएको छ । 

सूचना मागकर्ताहरुले माग गरेको बमोजीम बील भरपाइ समेत उपलब्ध गराउने सहमतिपछि तालाबन्दी खोलिएको बताइएको छ । यस्तै अब पालिकाका कामकारवाहीलाई पारदर्शी बनाउन हरेक तीन महिनामा सार्वजनिक सुनुवाई गर्ने सहमति समेत भएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update