Sagun Khabar
बैतडीको पुर्चौंडीमा राष्ट्रिय युवा संघको प्रशिक्षण सम्पन्न 

बैतडी–पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा जुटेको राष्ट्रिय युवा संघ बैतडीले आइतबार पुर्चौंडीमा प्रशिक्षण सम्पन्न गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर राखेर पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको राष्ट्रिय युवा संघ बैतडीका इन्चार्ज लोकेन्द्र भण्डारीले बताए । 

राष्ट्रिय युवा संघ पुर्चौंडीका अध्यक्ष नरेन्द्र साउँदको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण जिल्ला इन्चार्ज भण्डारी प्रमुख अतिथी रहेका थिए । प्रशिक्षणमा एमालेका प्रदेश कमिटि सचिवालय सदस्य जानकी ऐर बम बिशिष्ट अतिथी रहेकी थिइन् । 

नवौं जिल्ला अधिवेशनबाट चयन भएको संघको नयाँ नेतृत्वले प्रत्येक पालिकामा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अनुसार शनिबार पाटनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । अन्य पालिकाहरुमा पनि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने इञ्चार्ज भण्डारीले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update