Sagun Khabar
कांग्रेस बैतडीको कार्यसम्पादन समिति बैठक सम्पन्न, के के भए निर्णय ? 

बैतडी –नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समिति बैतडीको बैठक आइतबार सम्पन्न भएको छ । कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको बैठकले ‘जनताको साथमा कांग्रेस’अभियानलाई प्रभावकारी रुपले सञ्चालन गर्ने निर्णय गरेको छ । 

‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत भदौ २१ गते मेलौली, २२ गते पाटन, २३ गते डिलाशैनी र २४ गते दशरथचन्द नगरपालिकामा कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । ती सबै ठाउँमा केन्द्रिय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकको सहभागिता रहने बताइएको छ । 

यस्तै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भदौ १९ गते उम्मेदवारको नाम सुदूरपश्चिम प्रदेश समितिलाई सिफारिश गर्ने निर्णय समेत भएको सहसचिव चन्दले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update