सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि
बैतडी –सुदूरपश्चिममा आइतबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । ७ सय ३७ जनाको एन्टीजेन परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायल, डोटीका अनुसार कञ्चनपुरमा १२, कैलालीमा ७, डोटीमा २ र बझाङमा १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आइतबार १६ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ १८:२४
प्रतिक्रिया दिनुहोस्




