Sagun Khabar
सुदूरपश्चिममा आज भारी बर्षाको सम्भावना 

बैतडी –सुदूरपश्चिममा सोमबार भारी वर्षाको सम्भावना रहेको छ । आज प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गएरातिदेखि नै सुदूरपश्चिममा वर्षा भइरहेको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ । देशैभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिमसहित लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update