Sagun Khabar
बैतडीको झुलाघाट नाकामा  गौरा पर्व मनाउन स्वदेश फर्किनेको चहलपहल 

बैतडी- गौरा पर्व नजिकिएसंगै बैतडीको झुलाघाट नाकामा चहलपहल बढेको छ ।  अहिले झुलाघाट नाकाभएर  भारत बाट स्वदेश फर्किनेको संख्यामा वृद्धि भएको छ । अलिहे झुलाघाट नाकाभएर  दैनिक ५० देखि ७० जना  स्वदेश भित्रिरहेका सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । सुदूरपशिमेलिहरुको महान चाँड गौरा पर्व मनाउनका लागि अलिहे स्वदेश फर्किनेहरुको संख्या बढेको सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायब निरीक्षक योगेश बहादुर पालले जानकारी दिए ।

कामको  शिलशिलामा भारतका विभिन्न सहरमा रहेका नेपालीहरु अहिले  गौरा पर्व मनाउन घर फर्किरहेका हुन् । भदौ १ गेत देखि  १२  गते  सम्म झुलाघाट नाकाभएर ६ सय १८ जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा बैतडी, बझाङ्ग, डडेल्धुरा, बाजुरा, अछाम डोटी लगायत मुगु हुम्ला  जिल्लाका नागरिकहरु रहेका छन् ।

घरपरिवार पाल्नका लागि भारतको विभिन्न सहरमा काम गर्ने नेपालीहरु अहिले गौरा पर्व मनाउन घर  फर्किरहेका छन् । भारतको पिथउरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वार लगायतका विभिन्न सहरमा यहाँ नागरिकहरु कामका लागि जाने गरेका छन् । यस्तै यताबाट अहिले भारतिय  बजारमा जानेको संख्यामा पनि  वृद्धि भएको बताइएको छ ।

लत्ताकपडा र दैनिक उपभोग्य सामान खरिदका लागि  यहाँका नागरिकहरु पनि भारतिय बजार  झुलाघाट आउजाउ गर्ने गरेका  प्रहरी नायव निरीक्षक पालले बताए । चाँडपर्वका बेला यहाँका नागरिकहरु दैनिक उपभोग्य  सामान खरिद गर्न  भारतीय बजार  झुलाघाट जाने गरेका छन् ।सोही अवधीमा करिब ५ सय जानाले झुलाघाट बजार आउ जाउ गरेका छन् ।

यस्तै अहिले सीमानाका झुलाघाट र बैतडी सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारी साधनमा यात्रुको पनि चाप बढेको बताइएको छ  । गौरापर्व मनाउन स्वदेश  फर्किने र सामानका लागि झुलाघाट जानेहरुको संख्या बढेसँगै यात्रुहरूको चाप बढेको यातायात व्यवसायीहरुको भनाइ  छ ।  

यस्तै  स्वदेश फर्किनेहरुको  नाकामै  कोरोना परीक्षण पनि भइरहेको छ । बढ्दो कोरोना संक्रमणलाई  मध्यनजर गरेर नाकाबाट भित्रिनेहरुको  कोरोना परीक्षण भइरहेको  स्वास्थ्य   कार्यालय  बैतडीले  जनाएको  छ । 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update