Sagun Khabar
शैक्षिक स्थिति सुधारको अभियानमा बैतडीको गलिनाथ मावि

बैतडी- बैतडीको गलिनाथ माविले ‘हामी बनाउँछौ,हाम्रो विद्यालय अभियान’ सञ्चालन गरेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ स्थित गलिनाथ माविले विद्यालयको शैक्षिक स्थितिमा सुधार ल्याउन हामी बनाउँछौ,हाम्रो विद्यालय अभियान’ सञ्चालन गरेको हो ।

विद्यालयको शैक्षिक स्थितिमा सुधार ल्याइ बालबालिकाहरुको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने उदेश्यले अभियान सञ्चालन गरिएको गलिनाथ माविका प्रधानाध्यापक दिनेश नगारिले जानकारी दिए । सो कार्यक्रम अन्तरगत अहिले अभिभावक संग भेटघाट विद्यार्र्थीहरूको शैक्षिक अवस्था,अभिभावक र विद्यालयको जिम्मेवारीका विषयमा छलफल,परामर्श गरिने गरिएको उनले बताए ।

यो अभियानबाट विद्यार्थी शिक्षक र अभिभावकको सम्बन्ध मजबुत भएर शिक्षाको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यस्तै सोमबार वडा नं ७ भित्रका सबै विद्यालयका प्रधानाध्यापक,शिक्षक बालविकास सहजकर्ताहरुलाई बोलाएर छलफल गरिएको छ ।

कसरि शिक्षाको गुणस्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरकृया कार्यक्रम गरिएको गलिनाथ माविका प्रधानाध्यापक नगारिले बताए । यस्तै गलिनाथ माविको ‘हामी बनाउँछौ,हाम्रो विद्यालय अभियान’ सञ्चालनमै  रहेको उनले बताए  ।    आजको  कार्यक्रममा वडा अध्यक्ष धिरेन्द्र  बहादुर  बम, पुर्चौडी  नगरपालिकाका  शिक्षा शाखा प्रमुख शुरेन्द्र प्रशाद जोशीको  पनि उपस्थिति रहेको थियो   । कार्यक्रमको  सहजिकरण शिक्षक परमानन्द अवस्थीले गरेका थिए ।  

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update