बैतडी- बैतडीको सुर्नया गाउँपालिका ६ मा मदिरा बेचविखन गर्ने र जुवातास खेल्नेलाई कारवाही गरिने भएको छ । चाँँड पर्वका बेला मदिरा बेचविखन तथा ओसार पसार, जुवातास खेल्ने र खेलाउनेलाई वडा कार्य समितिले कारवाही गर्ने निर्णय गरेको हो ।
तीज र गौरा पर्वलाई शान्त बातावरणमा सम्पन्न गर्न मदिरा बेचविखन तथा ओसार पसार र जुवातास, खेल्ने खेलाउने कार्य वडाले बन्द गरेको सुर्नया गाउँपालिका वडा नं ६ का कार्यबाहक अध्यक्ष लोकेन्द्र बहादुर कुवँरले जानकारी दिए । कसैले वडाले गरेको निर्णय उलंघन गरे कारवाही हुने उनले बताए ।
उनका अनुसार मदिरा बेचविखन र सेवन गरि होहल्ला गर्नेलाई पहिलो पटक १ हजार, दोस्रोपटक १५ सय र तेस्रोपटक २ हजार जरीवाना गरिने बताइएको छ । यस्तै जुवातास खेल्नेलाई १ हजार खेलाउनेलाई १५ सय जरीवाना तोकिएको कार्यबाहक वडा अध्यक्ष कुवँरले बताए ।




