Sagun Khabar
बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडा निर्धारण,कहाँको कति ?

बैतडी- बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको छ । सेवाग्राहीहरुको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका सडकहरुमा सञ्चालित छोटोदुरीका सवारीसाधनहरुको  नयाँ भाडादर निर्धारण गरेको  हो ।
चर्काे भाडा असुलेका गुनासाहरु आउन थालेपछि जिल्लामा नयाँ भाडादर  निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले  जानकारी दिए । यातायात व्यवसायी र सोरोकारवालाहरुको सर्वपक्षिय बैठकले जिपहरुको नयाँ भाडादर कायम गरेको उनले बताए ।

गोठलापानी देखि देहिमाण्डौँ सम्मको ७० रुपैँया, गोठलापनी सतबाँझ १ सय ५०, गोठलापनी  पाटन २  सय ३०, गोठलापनी खोड्पे ३ सय ५०, गोठलापनी  झुलाघाट १  सय ६० भाडा निर्धारण गरिएको छ ।यस्तै गोठलापानी  सिल्लेगडा २ सय३०, गोठलापनी  खोचलेक २ सय ५०, गोठलापनी बसाली  ३ सय, गोठलापनी  दोली ३ सय ५०, गोठलापनी  गोकुलेश्वर ४ सय ४०  भाड तोकिएको   छ ।

यस्तै  देहिमाण्डौँ देखि गिरेगडा सम्मको कच्ची सडकमा ३ सय २०,देहिमाण्डौँ भट्टाड १ सय ७०,देहिमाण्डौँ डिबड्या २ सय १० र गोठलापनी सेरा कच्ची सडकमा १ सय ७५  रुपैँया भाडा निर्धारण गरिएको  हो  ।यसैगरि  झुलाघाट  देखि बित्थडको  ७ सय , गोठलापानी डडेल्धुरा ५ सय , पाटन अड्तोला ७५, पाटन स्याडीखोला एक सय , पाटन सलेना एक सय ५०, पाटन लामालेक २ सय ३०, पाटन मेलौली २ सय ५० र खोड्पे देखि विन्द्रावन सम्मको भाडा एक सय  तोकीएको  छ । 

यस्तै अब अनिवार्य रुपमा जिपमा सवार यात्रुलाई टिकेट दिनु पर्ने र तोकीएको भाडादर प्रत्येक जिप व्यवसायीहरुले सबै यात्रुले देख्ने  गरि टाँस गर्नुपर्ने भएको  छ ।  यसको अनुगमन समेत गरिने भएको छ । अनुमती पाएका सडक बाँहेकका कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैँयाका दरले भाडा निर्धारण गरिएको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update