बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । साउनको दोश्रो साता सक्रिय संक्रमितको संख्या ६० पुगेको बैतडीमा अहिले २२ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।
मंगलबार थप दुईजनामा कोरोना पुष्टि भएको छ भने चार जना संक्रमणमुक्त भएका छन् । दशरथचन्द नगरपालिकाका एक जना र पुर्चौंडी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । झुलाघाट नाकामा गरिएको परीक्षणमा पुर्चौंडीका एकजनामा र जिल्ला अस्पातलमा गरिएको परीक्षणमा दशरथचन्दका एकजनामा कोरोना पुष्टि भएको हो ।
जिल्लामा अहिले सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पाटन नगरपालिकामा तीन जना, पुर्चौंडी नगरपालिका,सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका सूचना अधिकारी लेखकले बताए ।




