Sagun Khabar
रोल्पामा जिप दुर्घटना परी मृत्यु भएका चालकको शव फेला, घाइते सहचालक बैतडीका मनोजको उपचार हुँदै 

बैतडी –गत शुक्रबार राति रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा जीप दुर्घटना हुँदा बेपत्ता भएका चालकको शव फेला परेको छ । दुर्घटनामा घाइते भएका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षीय मनोज चन्दको उपचार भइरहेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी खोलामा बेपत्ता भएका चालकको शव भने ४ दिनपछि फेला परेको हो । चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादुर लामाको शव मंगलबार भेटिएको प्रहरीले जनाएको  छ । 

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको जिप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update