Sagun Khabar
एमाले महासचिव पोखरेल भोलि बैतडी आउँदै 

बैतडी –नेकपा एमालेका महासचिव शंकर पोखरेल भोलि बैतडी आउने भएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि महासचिव पोखरेल भोलि बैतडी आउने कार्यक्रम तय भएको एमालेका केन्द्रिय सदस्य एवं बैतडी सह–इन्चार्ज लिलाधर भट्टले बताए । 

पोखरेलले बैतडीको पाटनमा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर कार्यकर्ता प्रशिक्षण गर्न लागिएको एमाले बैतडीले जनाएको छ । 

निर्वाचनको तयारी स्वरुप प्रशिक्षण हुने र प्रशिक्षणमा जिल्लाभरीका नेता कार्यकर्ताहरुको सहभागिता रहने केन्द्रिय सदस्य भट्टले बताए । कार्यकर्ता प्रशिक्षणको तयारी पूरा भएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update