Sagun Khabar
बैतडीमा आजदेखि छोटो दुरीका सवारी साधनमा नयाँ भाडादर लागू, टिकट अनिवार्य 

बैतडी –बैतडीमा छोटो दुरीका सवारी साधनका लागि निर्धारण गरिएको नयाँ भाडादर आजदेखि लागू भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको थियो । 

नयाँ भाडादर आजदेखि लागू भएको र यसको अनुगमन पनि भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भाडादर भन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने उनले बताए । 

बैतडीमा छोटो दुरीका सवारी साधनमा मनोमानी भाडा लिएको बिषयमा व्यापक जनगुनासो आएपछि नयाँ भाडादर कायम गरिएको हो । 

यसका साथै छोटो दुरीका सवारी साधनका सञ्चालकहरुले यात्रुहरुलाई अनिवार्य रुपमा टिकट दिनुपर्ने छ । यात्रुहरुलाई पनि टिकट माग्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

यस्तै जिल्लाका कच्ची सडकहरुमा प्रतिकिलोमिटर १० रुपैंयाका दरले मात्रै भाडा लिन पाइने निर्णय भएको छ । यो निर्णय पनि आजैदेखि लागू भएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update