बैतडी –गौरापर्व नजिक आएपछि बैतडीको सिगास गाउँपालिका ५ स्थित गौरा घर मर्मत गरिएको छ । पुरानो गौराघर जीर्ण भएपछि स्थानीयहरु मिलेर गौरा घर मर्मत गरिएको गौरा घर मर्मत समितिका संयोजक नरेन्द्रसिंह धामीले जानकारी दिए ।
गौरा घर जीर्ण हुँदा सिगास गाउँपालिका वडा नं ५ खयरकोटमा गौरा मनाउन समस्या भइरहेको थियो । स्थानीयहरुबाट चन्दा संकलन गरेर गौरा घर मर्मत गरिएको आर्थिक संकलन समिति संयोजक टेकबहादुर धामीले बताए । गौरा घर मर्मतका लागि स्थानीयहरुबाट ७१ हजार ४७० रुपैंया चन्दा संकलन भएको र ६७ हजार ७७१ रुपैंया खर्च भएको छ ।
गौरा घर मर्मत भएसंगै ब्रतालु महिलाहरुलाई गौरादेवीको पूजनमा अब सहज हुने भएको छ । गौरा घर जीर्ण हुँदा पानी परेको बेला ब्रतालु महिलाहरुलाई निकै समस्या हुने गरेको थियो । अहिले गौरा घर मर्मत भएपछि अब सजिलो हुने स्थानीय महिलाहरुले बताएका छन् ।
सुदूरपश्चिममा भोलिदेखि गौरा पर्व शुरु हुँदैछ । भाद्र शुक्ल पञ्चमीबाट गौरापर्व शुरु हुने भएको हो ।





