बैतडीको केदार आधारभूत विद्यालय डोडरचौर ‘एकतारे’घोषणा
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ स्थित केदार आधारभूत विद्यालय डोडरचौर एकतारे विद्यालय घोषणा भएको छ । सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत विद्यालयलाई एकतारे घोषणा गरिएको हो ।
ग्रामीण विकास एवं व्यवस्थापन समाज (रुडेस) बैतडीको सहयोगमा विद्यालयलाई एकतारे घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक देवसिंह ऐरले बताए । सरसफाइ तथा स्वच्छताका सूचक पूरा गरेपछि विद्यालयलाई एकतारे विद्यालय घोषणा गरिएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयलाई एकतारे घोषणा गरिएको प्रधानाध्यापक ऐरले बताए । खानेपानी, वातवरणीय सरसफाई, शौचालय, महिनावारी स्वच्छता लगायतका सूचक पूरा गरेपछि विद्यालयलाई एकतारे घोषणा गरिएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १५:४८
प्रतिक्रिया दिनुहोस्





