Sagun Khabar
सुदूरपश्चिमेली नेपाली समाज भारतकाे तीज र  गौरा विशेष कार्यक्रम, दिल्लीमा भव्य रुपमा  मनाइयो

बैतडी- सुदूरपश्चिमेली नोपली समाज भारत दिल्ली राज्य समितिले तीज तथा गौरा विशेष कार्यक्रम सम्पन्न  गरेको छ ।   दिल्ली राज्य तथा महरौलि जिल्ला समितिको संयुक्त आयोजनामा भारतको दिल्लीमा तीज तथा गौरा विशेष कार्यक्रम सम्पन्न  गरेको   हो ।

सुदूरपश्चिम प्रदेश घर भइ रोजगारीको शिलशिलामा भारतको दिल्लीमा रहेका नेपालीहरुद्वारा  गठित सुदूरपश्चिमेली समाज भारत दिल्ली राज्यले तीज र  गौराको  उपलक्ष्यमा  कार्यक्रम गरिएको  बताइएको छ ।  

अन्तराष्ट्रिय स्तरमा आफ्नो कला संस्कृति चाँड पर्वहरुको पहिचानका लागि सुदूरपश्चिमेली समाजले तीज र  गौरा विशेष कार्यक्रम गरेर  मनाएको सुदूरपश्चिमेली समाज दिल्ली राज्यका सचिव गणेश दत्त भट्टले बताए ।

आफ्नो  भाषा, कला,सँस्कृतिको संरक्षणका साथै नेपालीलाई एक सुत्रमा बाध्ने उदेश्यले कार्यक्रम गरिएको  सचिव भट्टले बताए । दिल्ली राज्य समितिका कार्यवाहक अध्यक्ष प्रसाद सिंह क्षेत्रि र महरौलि जिल्ला समिति अध्यक्ष बिक्रम धामिको सभापतित्व कार्यक्रम सम्पन्न भएको बताइएको छ । सो कार्यक्रममा नेपालका कलाकारहरुको  सहभागिता रहेको  थियो ।

केन्द्रिय सह-कोषाध्यक्ष हर्क रावत र दिल्ली राज्य उपाध्यक्ष प्रमानन्द भट्टले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय महासचिव माहादेब भट्ट, दिल्ली राज्य अध्यक्ष प्रसाद सिह छेत्री, दिल्ली राज्य सचिव गणेश दत्त भट्ट, दिल्ली राज्य कोषाध्यक्ष जयराज भट्ट, वरिष्ठ सल्लाहकार सेर चन्दको उपस्थितिरहको  थियो । कार्यक्रममा दिल्ली राज्य सदस्य एवं देउडा गायक पदम राज भट्ट ले गौराको गीत अठ्यावाली र अन्य प्रस्तुती गरि कार्यक्रम सुरु गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमेली नेपाली  समाज भारतका  महासचिव  महादेव भट्ट रहनु भएको थियो भने बिशिष्ट अतिथि सुदूरपश्चिमेली  समाज अन्तर्राष्ट्रिय सदस्य तथा गायक प्रकाश नायक निगम पार्षद मेहरौली आरती त्रिपाठी सिंह ,राष्ट्रिय कोषाध्यक्ष ओबीसी मोर्चाका गजेंद्र यादव सुदूरपश्चिमेली नेपाली समाज–भारत का केन्द्रीय समिति सल्लाहकार नागेन्द्र जोशी सुदूरपश्चिमेली नेपाली  समाज भारत केन्द्रीय समिति सह–कोषाध्यक्ष हर्क रावत रहेका थिए ।

सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिले  सुदूरपश्चिम प्रदेश नं ७ घर भई हाल भारतको विभिन्न सहरमा व्यवसायिक, अध्यन,बसोवास, तथा रोजगारीको सिलसिलामा रहेकाहरूको हक हित ,मेलमिलाप, भाईचारा एकता सदभाव एवं सामाजिक कार्यमा हातेमालो गरि कला संस्कृतिको संरक्षण र भेषभुषा परम्पराको जगेर्नामा  लागि परेकाे छ   । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update