बैतडी-वर्षातले बिग्रिएका बैतडीका ग्रामीण सडकहरु नबन्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुहरुलाई अहिले सास्ती भएको हो ।
वर्षातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नेु परेको यात्रुहरुको गुनासो छ । जिल्लाका विभिन्न पालिका भित्र रहेका ग्रामीण सडकहरु वर्षातका कारण बिग्रिएका छन् । बर्षातले भत्कीएर, खाल्टा खुल्टी परेर र भाँसिएर सडकहरु बिग्रिएका भएपनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिदा समस्या भएको सुर्नया गाउँपालिकाका स्थानीय कृष्ण दत्त भट्टले बताए ।
गौरा पर्व मनाउन अहिले धेरै जना कर्मभुमी बाट जन्मभुमी फर्किरहेपनि बाटोको अवस्था ठिक नहुँदा समस्या भएको उनले बताए । अहिले गाडीहरुमा यात्रुहरुको चाप बढेको छ । गाडीहरुमा यात्रुहरुको चाप बढेपनि सडक खण्ड खराभएका कारण नागरिकहरुले डराएर यात्रा गर्नेु परेको स्थानीय राम बहादुर महराले बताए ।
यातायातको सुविधा भएपछि सबै जना गाडीमै जान रुचाउने भएपनि सडकखण्डको हालत खराब हुँदा दुर्घटनाको जोखिम बढेको उनले बताए । वर्षातका कारण सुर्नया गाउँपालिका भित्र पर्ने सतबाँझ सिरभाबर सडक खण्डको ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर सडक बिग्रिएको छ ।
अहिले सडकमा खाल्टा खुल्टीका कारण गाडी हुत्तीने भएपछि डराएर यात्रा गर्नेु परेको स्थानीय केशब भट्टले बताए । खाल्टा खुल्टीका कारण जोखिम मोलेर गाडी चालाउनु परेको चालक राजेन्द्र महराले बताए । सतबाँझ देखि सन्सेरीमाण्डौँ सम्म विभिन्न ठाउँमा सडक बिग्रिएका कारण समस्या भएको उनले बताए ।
चाडपर्व सवारीसाधनहरुमा यात्रुहरुको चाप बढेका बेला बिग्रिएको सडक मर्मतमा गाउँपालिकाले ध्यान नदिएको स्थानीयहरुको भनाई छ ।




