Sagun Khabar
अहिलेको सरकार निर्दलीय हो : पोखरेल 

बैतडी –नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार निर्दलीय भएको बताएका छन् । बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेल यो सरकार पञ्चायतको भूत भएको टिप्पणी गरे । उनले भने ‘हामी संसदीय व्यवस्था, दलिय व्यवस्थामा छौं । तर यो सरकारले संसद र दलले बनाएको होइन् । त्यसैले यो सरकार निर्दलीय हो ।’

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार अलोकतान्त्रिक भएको उनले दाबी गरे । यो सरकार लोकतान्त्रिक चरित्रको सरकार नभएको उनले बताए । 

यस्तै महासचिव पोखरेलले एसपीपी सम्झौता एमालेका कारण रोकिएको दाबी गरे । उनले भने ‘यो सरकार र गठबन्धन देश र जनताका लागि काम गर्न सक्तैन् । त्यसैले मंसिर ४ को चुनावमा राष्ट्रिय हित गर्ने पार्टीलाई जिताउनुपर्छ ।’

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा चुच्चे नक्सा प्रकाशन भएको बताउँदै महासचिव पोखरेलले यो सरकारले चुच्चे नक्सा हटाउने गरेको आरोप लगाए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update