माओवादीबाट बैतडीको दनपामा मेयरका उम्मेदवार प्रेम थापा एमाले प्रवेश
बैतडी- नेकपा माओवादी केन्द्र बैतडीका नेता प्रेम थापा एमाले प्रवेश गरेका छन् । बिहीवार पाटनमा आयोजित नेकपा एमालेको प्रशिक्षण कार्यक्रममा स्थानीय तहको निर्वाचनमा दशरथचन्द नगरपालिकामा मेयर पदका उम्मेदवार समेत रहेका माओवादी नेता थापा एमालेमा प्रवेश गरेका हुन् ।
यस्तै नेकपा एसका दोगडाकेदार पालिका उपाध्यक्ष बेदप्रकाश जोशी, नेकपा एसका शिक्षक संगठनका जिल्ला अध्यक्ष त्रिभुवन रावल, , जिल्ला कमिटी सदस्य लोकराज भटट्, माओवादीका नेता जगन्नाथ जोशी लगायत ६० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका बताइएको छ ।
पार्टी प्रवेश गरेकाहरुलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १८:०५
प्रतिक्रिया दिनुहोस्




