सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा
बैतडी –गौरा पर्वको अवसरमा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले गौराका अवसरमा भोलि प्रदेशभरी बिदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशन गर्दै भोलि सार्वजनिक बिदा रहेको जानकारी दिएको हो । यसअघि भदौ १७ गते गौराको अवसरमा दिइएको सार्वजनिक बिदा कटौती गरेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना भएको थियो ।
सुदूरपश्चिमको मुख्य पर्व गौरा आजबाट विधिवत रुपमा शुरुवात भएको छ । गौराको मुख्य दिन अर्थात अठ्यावालीका दिन भदौ १८ गते संघीय सरकारले सार्वजनिक बिदा दिएको छ । यो संगै गौराका लागि दुईदिन सार्वजनिक बिदा हुने भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ २०:०२
प्रतिक्रिया दिनुहोस्




