Sagun Khabar
बैतडीमा बस दुर्घटना, रुखमा अड्किदा ठूलो क्षति हुनबाट जोगियो 

बैतडी –बैतडीमा बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट मेलौली तर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा आज बिहान करीब ५ बजेतिर दुर्घटनामा परेको हो । 

सडकबाट करीब ४÷५ मिटर तल खसेको बस रुखमा अड्किएकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । कम्तीमा ४५ जना सवार बसमा सबै यात्रु सकुशल रहेका छन् । उनीहरु सबैको उद्धार गरिएको जोशीले बताए । 

अहिले बसबाट यात्रुहरुको सामान निकाल्ने काम भइरहेको छ । पानी परिरहेको र कुहिरो समेत लागेकाले बस दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update