Sagun Khabar
सुदूरपश्चिममा आज सार्वजनिक बिदा 

बैतडी – गौरा पर्वको अवसरमा आज सुदूरपश्चिम सार्वजनिक बिदा दिइएको छ । प्रदेश मन्त्रीपरिषदको हिजो बसेको बैठकले गौराका अवसरमा आज प्रदेशभरी बिदा दिने निर्णय गरेको हो । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशन गर्दै आज सार्वजनिक बिदा रहेको जानकारी दिएको छ । यसअघि आज गौराको अवसरमा दिइएको सार्वजनिक बिदा कटौती गरेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना भएको थियो । 

गौराको बिदा हटाउनु संस्कृतिमाथिकै प्रहार भएको टिप्पणी आएपछि सरकारले फेरी बिदा दिएको हो । आज प्रदेशभरीका सरकारी तथा सार्वजनिक सबै निकायमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

सुदूरपश्चिममा अहिले गौरा पर्वको रौनक जारी रहेको छ । बिरुडा पञ्चमीदेखि शुरु भएको गौरा पर्वको मुख्य दिन अठ्यावाली अर्थात दुर्वाष्टमी हो । यो बर्ष भोलि अठ्यावाली परेको छ । गौराको मुख्य दिन संघीय सरकारले पनि भोलि सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update