Sagun Khabar
बैतडीका  थप  दुई  जनामा कोरोना पुष्टि 

बैतडी-बैतडीका थप दुइ जनामा कोरोना पुष्टि भएको छ ।  पछिल्लो  २४ घण्टामा गरिएको  परीक्षणमा थप दुइ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले  जानकारी दिए ।

झुलाघाट नाकामा गरिएको परीक्षणमा पुर्चौडी नगरपालिकाका दुइ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले  बताए । संक्रमण पुष्टि भएका दुवै  जना भारतबाट आएका बताइएको  छ । यस्तै  जिल्लामा अहिले  २४ जना कोरोनाका सक्रिय  संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये  १२ जना दशरथचन्द नगरपालिकामा रहेका छन् । यस्तै पुर्चौडी  नगरपालिकामा ४ जना,  पाटन नगरपालिकामा २ जना, सिगास गाउँपालिका र  सुर्नया गाउँपालिकामा एक÷ एक जना र  बैतडीमा जिल्ला बाहिरका  ४ जना कोरोनाका सक्रिय संक्रमित रहेका  छन् ।  

अहिले  पनि जिल्लामा कोरोना परीक्षण कार्य जारी  रहको  सूचना अधिकारी लेखकले बताए । 
 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update