Sagun Khabar
डडेल्धुराको अमरगढीबाट बेपत्ता भएकी महिला  मृत फेला

डडेल्धुरा- डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन्। अमरगढी नगरपालिका–६ बस्ने अन्दाजी  ३६ वर्षीया जमुना ताम्राकार शुक्रबार मृत फेला परेकी हुन्। 

उनी यही भदौ १३ गते सोमबार साँझबाट बेपत्ता भएकी थिइन्। ५ दिन अगाडि श्रीमानसँग झगडा भएर हिँडेकी उनको शव आज सदरमुकामसँगै रहेको ऋषिखोला वनमा झुण्डिएको अवस्थामा फेला परेको हो।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए। 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update