बैतडी- बैतडी घर भएका कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नं १ घरभएका ६६ वर्षीय कलाकार भट्टराइको जन्मभुमीबाट काठमौँडा जाँदै गरेका बेला चितवनम गुडिरहेकै बषमा शनिबार निधन भएको हो ।
पारिवारीक स्रोतका अनुसार उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए। लामो जुँगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए। उनले एकसे एक सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रुपमा काम गरेका छन्।
कला निर्देशनसँगै फिल्ममा भेषभुषासमेत हेर्ने कुशल कलाकार समेत रहेका उनि ४ दशकदेखि फिल्ममा सक्रिय थिए। ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए । नेपाली हाँस्य टेलिचलचित्र जिरे खुर्सानी , सहित अन्य नेपाली चलचित्रहरुमा पनि उनले अभिनय गरेका छन् ।
२०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको रुपमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन्। रेडियो नेपालमा उनले देउडा गीतसमेत गाएका थिए।
पछिल्लो समय ‘प्रेमगीत ३’का लागि भट्टराईले ९३ वटा नक्कली बन्चरो बनाइदिएको समेत चर्चा चलेको थियो। स्वर्गीय भट्टराईलाई नेपाली सिने क्षेत्रको विकेपिडियाको नामले समेत चिन्ने गरिन्थ्यो।




