Sagun Khabar
गौरा पर्वमा  बैतडीको  सुरक्षा व्यवस्था कडा

बैतडी– बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराको अवसरमा हुने भिडभाडलाई  ध्यानमा राखेर जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

गौरा पर्वको अवसरमा बढी भिडभाड हुने र भिडभाडको मौका छोपी अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै  सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी  कार्यालय बैतडीका प्रहरी  प्रवक्ता प्रहरी  निरीक्षक  लोक राज जोशीले जानकारी दिए ।

 भिडभाड हुने जिल्लाको सबै ठाउँमा प्रहरी परीचालन भएका उनले बताए । गौरा पर्वका बेला  भिडभाड  हुने क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता जोशीले बताए ।उनले  भने  ‘नागरिकहरुले अहिले  दुइ वर्ष पछि गौरा पर्व मनाउन पाएका छन्  यसमा हामिले कुनै पनि सस्या नआउन भनेर सुरक्षा व्यवस्था कडा पारेका छौँ ।’ स्थानीय तहका जनप्रतिनिधिहरु संग समन्वय गरेर भिडभाड हुने सबै ठाउँमा प्रहरी परिचालन भएका उनले बताए ।

यस्तै सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गौरा मनाउन  घरदेश प्रदेश भएका सबै  जना एकै ठाउँमा भेला हुने भएकाले यो  पर्वमा यहाँ बढी भिडभाड हुने  गर्दछ । यहाँ  गौरा पर्वको  अवसरमा  करिब एक हप्ता जति मेला तथा जात्रा हुने  भएकाले  भिडभाड हुने गरेको  स्थानीय  हरिमोहन भट्टले  बताए  ।  

सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै  जिल्ला प्रहरी कार्यालय बैतडीले  ढुक्क संग गौरा पर्व मनाउन  आग्रह गरेको  छ । धार्मिक तथा सांस्कृतिक रुपले विशेष मानिने सुदूरपश्चिमेलीहरुको मुख्य  पर्व गौरा आज  बैतडीमा पनि  हर्षाेल्लासका  साथ मनाइँदै छ ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update