Sagun Khabar
 बैतडीमा बाँदरको आक्रमणबाट दुई जना घाइते 

बैतडी- बैतडीमा बाँदरको आक्रमणबाट दुइ  जना घाइते भएका  छन् । आइतबार जिल्लाको पुर्चाैडी नगरपालिका ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मण जोशी  बाँदरको  आक्रमण बाट घाइते भएका हुन् ।

बिहान   बाँदरहरु मकैबाली  खान  खेतमा आएका र धापाउने बेला  बाँदरहरुले  आक्रमण गर्दा आमा छोरा  घाइतेका भएका  जनाइएको छ । घाइते दुवैको  पुर्चाैडीको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।  स्रोतका अनुसार बाँदरको  आक्रमणबाट घाइते उनिहरुको खुट्टा, पाखुरा, घाँटी, अनुहार र ढाडमा चोट रहेको छ।  

जिल्लाको  धेरै  ठाउँमा बाँदरहरुको  आतंक छ ।  बाँदरहरु पछिल्लो  समय  आक्रमण  समेत गर्न थालेपछि  समस्या भएको  स्थानीय चक्रदेव भट्टले  बताए । बालिनाली सखाप पार्ने  गरेका बाँदरहरु अहिले  आक्रमण समेत गर्न थालेपछि जिल्लाका किसानहरु परिसान भएका छन्। 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update