Sagun Khabar
नेपाल रेडक्रस बैतडीले मनायो ६० औँ स्थापना दिवस

बैतडी- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले ६० औँ स्थापना दिवस मनाएको  छ ।  विश्वमा रेडक्रस स्थापना भएको सय बर्षपछि वि.सं २०२० भाद्र १९ मा स्थापना भएर ६० वर्ष पुराभएको अवसरमा आइतबार विभिन्न कार्यक्रम गरि  स्थापना दिवस मनाएको  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका मन्त्री  रमेश सिंह भण्डारीले बताए ।

 रेडक्रस सोसाइटीका संंस्थापक जाँ हेनरी ड्युनाको तस्बिरमा माल्यापर्ण गरेर  दिवस मनाइएको उनले  बताए  । यसका साथै रेडक्रस सोसाइटीले बैतडीमा गरिएको कामहरुको समिक्षा, गरिरहेको  कामको  जनाकारी  गरेर  स्थापना दिवस मनाइएको उनले  बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका उपसभापति विष्णु अवस्थीको  सभाध्यक्षतामा  कार्यालयमै  कार्यक्रम गरेर स्थापना दिवस मनाइएको उनको  भनाई छ ।  कार्यक्रममा जिल्ला भित्रका स्वयंमसेवक लगायत कर्मचारीहरुको सहभागिता रहेको  थियो । मन्त्री भण्डारीका अनुसार जिल्लामा १६ जानको  कार्यसमिति छ । झण्डै २५ सय भोलिन्टियर , २१ ओटा उपशाखाहरुहरु रहेका छन् ।

उपशाखाहरुलाई  पनि दिवस मनाउन परिपत्र गरिएकाले  आइतबार सबै  उपशाखाहरुले पनि स्थापना दिवस  मनाएका  मन्त्री  भण्डारीले  बताए ।  मानवीय सेवामा तल्लीन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले प्राकृतिक विपद् बाट  दुःख पिडामा परेकाहरुलाई  राहत वितरण गर्दै आएको छ ।

यस्तै जिल्ला भित्र विपद्  बाट बचाउनका लागि विभिन्न किसिमका सचेतनामुल कार्यक्रमहरु गरेर बाढी पहिरो पिडितहरुलाई त्तकाल उद्धार गरि गैरखाद्य सामग्री वितरण पनि गर्दै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले  जनाएको  छ । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update