Sagun Khabar
लोकसेवाको परीक्षामा नाम र रोेल नम्बर लेख्ने बैतडीका एक सहित २१ जना कारबाहीमा

बैतडी-  कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा बदमासी गर्ने बैतडीका एक जना सहि २१ जनालाई कारबाही गरिएको छ ।

उत्तरपुस्तिकामा आफ्नो नाम र फोन नम्बर लेख्ने बैतडीका  एक सहित २१ जना परिक्षार्थी कारबाहीमा परेका हुन्। आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६÷०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ तह र सवइन्जिनियर पदका लागि २०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो।

सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका–१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन्। शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको  छ ।

अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेको आयोगले जनाएको छ ।  जसमध्ये सुदूरपश्चिम प्रदेशको बझाङका रामबहादुर चौहान मल्ल, डम्बरबहादुर धामी, नरेन्द्र अवस्थी, डडेल्धुराका भुवनचन्द्र जोशी, सुरेश ताम्राकार, बैतडीका प्रदिप भट्ट र कैलालीका राहुल कठरियालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । सोही अनुसार अन्यलाई कारबाही गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update