Sagun Khabar
एकीकृत समाजवादी बैतडीद्वारा उम्मेदवार सिफारिस, को–को परे ?   

बैतडी- नेकपा एकीकृत समाजवादी (एस) बैतडीले संघ र  प्रदेशका लागि उम्मेदवार  सिफारिस गरेको छ । भदौ  १६ गते बसेको जिल्ला कमिटि बैठकले अगामि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका  लागि उम्मेदवार सिफारिस गरेको  हो । 

 नेकपा एकीकृत समाजवादीले बैतडीवाट प्रतिनिधि सभाका सदस्यका लागि परमानन्द भट्ट, माया भट्ट र लालसिंह कार्कीको नाम सिफारिस गरेको एस बैतडी उपाध्यक्ष कृष्ण साउँदले बताए । प्रत्यक्षतर्फ परामान्द ,सामानुपातिकर्फ माया भट्ट , लालसि सिंह कार्कीको नामा सिफारिस भएको उनले  बताए । 

यस्तै  प्रदेश सभा सदस्यका लागि बैतडी निर्वाचन क्षेत्र (क) बाट परमानन्द भट्ट ,नरेन्द्र विष्ट र भृकुटी चन्द सिफारिस भएका छन् । यस्तै प्रदेश सभा (ख) बाट  महादेव भट्ट,राजुराम भुल र पार्वती भट्टको नाम सिफारिस गरिएको बैतडी जिल्ला कमिटी उपाध्यक्ष साउँदले बताए ।  उनका अनुसार  प्रदेश सभा (क)  बाट प्रत्यक्षतर्फ परमान्नद भट्ट, नरेन्द्र विष्ट र सामानुपातिक तर्फ भृकुटी चन्दको नाम सिफारिस भएको  बताइएको  छ ।  यस्तै  (ख)   मा प्रत्यक्षतर्फ  महादेव भट्ट समानुपातिक तर्फ  राजुराम भुल र पार्वती भट्टको  नाम सिफारिस भएको  हो । 

पार्टीको निर्देशन  अनुसार जिल्ला कमिटिले उम्मेदवार  सिफारिस गरेको   नेकपा एकीकृत समाजवादी बैतडीले बताएको  छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update