बैतडी- रोजगारी खोज्न भारतको कश्मीर पुगेका बैतडीका २५ वर्षीय हिमाल बिष्टको काम गर्नेबेलामा मेशिनमा अल्झेर दायाँ हात काटिएपछि उपचारमा समस्या भएको छ । आर्थिक अभावले बिष्टको उपचारमा समस्या भएको हो ।
जिल्लाको पाटन –६, टुणेगैरका २५ वर्षीय हिमाल बिष्टको भारतको कश्मीरमा काम गर्नेबेलामा मेशिनमा अल्झेर दायाँ हात काटिएपछि उनको परिवार समस्यामा परेको छ । हात काटिएपछि उनको परिवारमा अहिले बिचल्ली भएको छ । बिष्ट एक महिना पहिले भारत गएका बताइन्छ ।
गाउँमा कुनै रोजगारी नहुँदा बिष्ट बोल्न नसक्ने अपाङ्ग आमा, गर्भवती श्रीमती र तीन वर्षीया छोरीलाई छाडेर रोजगारीका लागि भारतको कश्मीर पुगेपनि त्यहाँ पुगेको महिना दिन नपुग्दै हात काटिदा उनको परिवारमा बिचल्लीभएको हो । आर्थिक अभावले उपचारमा समेत समस्या भएको पारिवारिक स्रोतले बताएको छ ।
विष्टको काम गर्ने बेला मेसिनमा अल्झेर हात काटीएपछि भारतमै रहनु भएका मजदुर वीरेन्द्र बिष्टले अस्पताल लगेर उपचार गराए पनि थप उपचारका लागि आर्थिक अभावले समस्या भएको बताइएको छ । ७० वर्षीया आमा मैना बिष्ट जन्मजात जिब्रोको समस्याले बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ ।
उहाँकी श्रीमती भागरती बिष्ट र तीन वर्षीया छोरी मेनुका बिष्ट सहयोगका लागि याचना गरिरहनुभएको छ ।भारतमा हात काटिएका युवाको उपचारमा सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकबाट आर्थिक सङ्कलन अभियान चलाएको पाटन–६का युवाहरुले बताएका छन् ।
विष्टको उपचारमा समस्याभएको भन्दै युवाहरुले सहयोगका लागि सबैमा आग्रह गरेका छन् । सहयोगका लागि महेश बिष्ट, ९८६५०१७५२२, राष्ट्रिय बाणिज्य बैंकको खाता नं ४०५०१०००१४८१६०१० मा सहयोग रकम प्रदान गर्न सकिने उल्लेख गरिएको छ ।




