Sagun Khabar
बैतडीकी एक किशोरी धनगढीमा बेपत्ता 

बैतडी- बैतडीकी एक किशोरी  धनगढीबाट बेपत्ता भएकी  छिन् । जिल्लाको  दशरथचन्द नगपालिका  वडा नं  ७ माइखर्कका दिपक शर्माकी १५ वर्षिया छोरी आस्था शर्मा बेपत्ता भएकी हुन् । हाल परिवार संगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षिया आस्था  सोमबार देखि बेपत्ता भएकी हुन् ।

सोमबार  विहान ८ बजे धनगढि उपमहानगरपालिका  १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडि स्कुल जान्छु भनी घरबाट निस्केकि शर्मा अहिले सम्म सम्पर्कमा नआएकी बेपत्ता किशोरीका काका भुवन  शर्माले बताए । बेपत्ता किशोरीको खोजि कार्यका लागि प्रहरीमा पनि  निवदेन दिएको  उनले  बताए ।

 कसैले देखे प्रहरीलाई  खबर गरिदिन उनले  अनुरोध गरेका छन् । उनलाई कहीँ कतै कसैले देखे मोबाइल नम्बर ९८४८८०२३७६ मा सम्पर्क गरी सहयोग गरिदिन पनि उनका आफन्तले सबैमा आग्रह गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बेपत्ता किशोरीको  खोजि कार्य भइरहेको जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update