Sagun Khabar
बैतडीको भगवती माविमा सित्तड समाजले गर्यो अक्षयकोष स्थापना 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ६ स्थित भगवती मावि सित्तडमा सित्तड समाजले अक्षयकोषको स्थापना गरेको छ । समाजका सदस्यहरुले सहयोग रकम संकलन गरेर अक्षयकोषको स्थापना गरिएको सित्तड समाजका सदस्य बिरसिंह कार्कीले जानकारी दिए । 

विद्यालयमा ८ लाखको अक्षयकोष स्थापना गरिएको र सो रकम विद्यालयलाई हस्तान्तरण गरिएको कार्कीले जानकारी दिए । गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले सहयोग गरिने बताइएको छ । 

विद्यालयमा विभिन्न कारण शिक्षा हासिल गर्न समस्या भएका विद्यार्थीहरुलाई सहयोग होस भनेर अक्षयकोष स्थापना गरिएको कार्कीले बताए । २०७८ सालमा स्थापना भएको सित्तड समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । 

विद्यालयमा स्थापना गरिएको अक्षयकोषले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update