Sagun Khabar
दशरथचन्द नगर क्षेत्रभित्र शुक्रबार सार्वजनिक बिदा 

बैतडी –यही भदौ २४ गते बैतडीको दशरथचन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा हुने भएको छ । अनन्त चतुर्दशीको अवसरमा जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा विभिन्न क्षेत्रका दर्शनार्थीहरुको सहभागिता रहने भएकाले नगर प्रमुख स्तरीय निर्णय अनुसार भदौ २४ गते बिदा हुने जनाइएको हो । सो दिन नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था लगायतमा बिदा हुने नगरपालिकाले जनाएको छ । 

Bida1662530855.jpg

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update