बैतडी- बैतडीमा पनि १९ औं निजामती सेवा दिवस मनाइएको छ । व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ बैतडीमा पनि विभिन्न कार्यक्रम गरि निजामती सेवा दिवस मनाएको हो ।
निजामती सेवा समारोह बैतडीको आयोजनामा सरसफाइ, वृक्षारोपण, वक्तृत्वकला, र प्रभातफेरी लगायतका कार्यक्रम गरेर १९ औं निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
उनका अनुसार मंगलबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको परिसरमा सरसफाइ सहित वृक्षारोपण गरिएको थियो । यस्तै बुधबार जिल्ला प्रशासन कार्यालय बैतडीबाट गोठलापानी सम्म प्रभात फेरी गरेर, ‘हामिले कलपना गरेको भविष्यको निजामती सेवा’ नामक शिर्षकमा वक्तृत्वकला प्रतियोगित गरिएको बताइएको छ ।
आयोजित वकतृत्वकला प्रतियोगिाता जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर तर्कराज जोशी प्रथम भएका छन् । उनले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । यस्तै द्धितिय जिल्ला मालपोत कार्यालय बैतडीका खरिदार कृष्ण बहादुर बोहरा भएका छन् । उनले ३ हजार पुरस्कार प्राप्त गरेका छन् । यस्तै तितृय जिल्ला प्रशासन कार्यालय बैतडीका जगदिश प्रशाद तिवारी भएका र उनलले २ हजार पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै सान्तोवना १ हजार पुरस्कार जिल्ला कारागार बैतडीका अधिकृत नैन सिंह कार्कीले प्राप्त गरेका छन् । कर्मचारी मिलन केन्द्रले पुरस्कारको व्यवस्था गरेको बताइएको छ । यस्तै निजामती दिवसको अवरसरमा बैतडीबाट कुनै पनि निजामती कर्मचारी पुरस्कृत नभएका र यता जिल्ला प्रशासन कार्यालयले भने कार्यालयमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई सम्मान गरेको प्रशासनका सूचना अधिकारी भारतीले बताए ।
कार्यालयमा अनुशासित भएर उत्कृष्ट काम गर्ने कार्यालय सहयोगी जगदिश प्रशाद भट्टलाई प्रशासनले सम्मान गरेको उनले बताए। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।




