Sagun Khabar
माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिश : संघमा कुँवर, प्रदेशमा को को ? 

बैतडी – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र बैतडीले संघ र प्रदेश सांसदका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए । 

संघीय सांसदका लागि माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं बैतडी इन्चार्ज  नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)को नाम सर्वसम्मत सिफारिश भएको भण्डारीले बताए । कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

यस्तै संघीय सांसदको समानुपातिक तर्फ लक्ष्मी ओड र स्वेता भट्टको नाम सिफारिश गरिएको माओवादी केन्द्र बैतडीले जनाएको छ । 

यस्तै प्रदेश सभा सदस्यका लागि पनि दुईटै क्षेत्रबाट उम्मेदवारको नाम पनि सिफारिश गरिएको छ । प्रदेश सभा क्षेत्र नम्बर (क) बाट प्रत्यक्ष तर्फ नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका शंकर भण्डारी , रणबहादुर कुँवर , वर्तमान प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य) , दल बहादुर धामी र धर्म सिह ऐरको नाम सिफारिश गरिएको हो । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिश गरिएको छ । प्रत्यक्ष तर्फ डा.केदारचन्द्र भट्ट , गोपाल चन्द ,इश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिश गरिएको जिल्ला संयोजक भण्डारीले जानकारी दिए । 

प्रदेश समानुपातिक तर्फ भने पार्वती नेगी, रेणु चन्द र लक्ष्मी पोखरेल बिकको नाम सिफारिश गरिएको माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update