Sagun Khabar
रेडियो निङ्गलाशैनीको तीज विशेष कार्यक्रमः सुनको औँठी बझाङ्गकी कमलालाई

बैतडी- रेडियो निङ्गलाशैनीको तीज विशेष कार्यक्रम छिनछिन चुराको उपहार बझाङ्गकी  कमलाले  जितेकी  छिन् । बझाङ्गको  बुंगल नगरपालिका वडा नं ११ घरभएकी कमला जोशीले कार्यक्रममा उत्कृष्ट प्रस्तुती दिएर सुनको औँठी प्राप्त गरेकी  हुन् । 

कार्यक्रममा मिठो तीजको भाका गाउने र सोधिएका प्रशनको जवाफ दिने  मध्ये गोलाप्रथाबाट छनोट भएर उनले औँठी जितेकी हुन् । हिन्दु नारीहरुको  महान पर्व हरितालिका तीजको अवसरमा रेडियो निङ्गलाशैनीले सञ्चालन गरेको कार्यक्रममा उत्कृष्ट प्रस्तुती दिएर प्रथम भएकी जोशीलाई स्टुडियोमा बोलाएर सुनको औँठी प्रदान गरिएको रेडियो निङ्गलाशैनीकी कार्यक्रम संयोजक कमला सुवेदीले  बताइन् ।

विजेता जोशीलाई नगद, सम्मान पत्र सहित सुनको औँठी प्रदान गरिएको उनले बताइन् । रेडियो निङ्गलाशैनीले नयाँँ प्रतिभाहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेर थप हौशला प्रदान गरेको भन्दै  विजेता जोशीले  धन्यवाद व्यक्त गरेकी छिन् ।

करिब एक महिना चलेको तीज विशेष कार्यक्रमलाई बैतडीको दशरथचन्द नगरपालिका ४ गोठलापानीमा रहेको धरम सुनचाँदी  गहना पसलले  प्रायोजन गरेको थियो । धरम सुनचाँदी गहना पसलले  कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेलाई नगद सहित सुनको  औँठी  दिएको  हो ।

कार्यक्रममा २५ जना गोलाप्रथाकाे  लिष्टमा परेका थिए। ती मध्ये बझाङ्गको  बुंगलकी जोशी   गोलाप्रथाबाट नाम निस्केर  सुनको औँठी  जित्न सफल भएकी  थिइन् । रेडियो निङ्गलाशैनीले  प्रत्येक वर्ष यस्ता कार्यक्रम उत्पादन गरेर नयाँ प्रतिभाहरुलाई सम्मान गर्दै आएको रेडियो निङ्गलाशैनीका  प्रबन्ध निर्देशक महेश प्रशाद अवस्थीले बताए । अगामी दिनहरुमा पनि यस्ता कार्यक्रम उत्पदान गरिने  उनले  बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update